जैविक मल बनाउने तरिका र तेस्को फाइदाहरु

जैविक बिषादी या झोल मल सजिलै बनाउन सकिन्छ। बातावरणीय हिसाबले र आफु र आफ्नो परिवारको स्वास्थको लागि एकदमै महत्वपूर्ण रहन्छ। खर्च नलाग्ने, आफ्नो खेरा गैरहेको समयको सदुप्रयोग, घरवरिपरी रहने जडीबुटी जस्तै सिस्नु, खिर्रो, गोलभेडाको पात, बकैनो, निम , सुर्ती, बनमारा, तितेपाती, तुलसीको पात , लसुन प्याजको पात, सुन्तालाको बोक्रा आदि गन्ध आउने विभिन्न बनस्पतिको सजिलै उपलब्ध र सदुप्रयोग सजिलै गर्न सकिन्छ। बनाउने तरिका : - जम्मा पारिएको बनस्पति हरुलाई सानो टुक्रा पार्ने। - १० के.जी बनस्पतिलाइ ड्रममा राखने। - ५ लिटर गाईको पिसाब हाल्ने । - १ के. जी. EM ( इफेकटिब माइक्रोअर्गानिजम) मिसाउने । - १ के.जी. खरानी र गोबर मिसाउने र राम्ररी चलाएर बिर्को लगाएर राखने। - करिब १५ दिनमा ( गर्मीमा) र जाडो मौसममा २० दिनमा यो बिषादी प्रयोग योग्य हन्छ। प्रयोग बिधि: ३ भाग पानीमा १ भाग बिषादी मिसाएर स्प्रयेरले छर्ने । फाइदाहरु - किरा र रोग बाट बचाउने...