जैविक मल बनाउने तरिका र तेस्को फाइदाहरु
जैविक बिषादी या झोल मल सजिलै बनाउन सकिन्छ। बातावरणीय
हिसाबले र आफु र आफ्नो परिवारको स्वास्थको लागि एकदमै महत्वपूर्ण रहन्छ। खर्च
नलाग्ने, आफ्नो खेरा गैरहेको समयको सदुप्रयोग, घरवरिपरी रहने जडीबुटी जस्तै सिस्नु,
खिर्रो, गोलभेडाको पात, बकैनो, निम, सुर्ती, बनमारा, तितेपाती, तुलसीको पात , लसुन प्याजको पात,
सुन्तालाको बोक्रा आदि गन्ध आउने विभिन्न बनस्पतिको सजिलै उपलब्ध र सदुप्रयोग सजिलै
गर्न सकिन्छ।
बनाउने तरिका :
-
१० के.जी बनस्पतिलाइ ड्रममा
राखने।
-
५ लिटर गाईको पिसाब हाल्ने ।
-
१ के. जी. EM( इफेकटिब माइक्रोअर्गानिजम)
मिसाउने ।
-
१ के.जी. खरानी र गोबर
मिसाउने र राम्ररी चलाएर बिर्को लगाएर राखने।
-
करिब १५ दिनमा ( गर्मीमा) र
जाडो मौसममा २० दिनमा यो बिषादी प्रयोग योग्य हन्छ।
प्रयोग बिधि:
३ भाग पानीमा १ भाग बिषादी मिसाएर स्प्रयेरले छर्ने
।
फाइदाहरु
-
किरा र रोग बाट बचाउने
-
Urea र potash को मात्रा बिरुवालाई प्रदान गर्ने
-
सुष्म तत्व बिरुवालाई
प्रदान गर्ने
-
स्वास्थ हिसाबले पनि
सुरक्षित
-
कम खर्चमा बन्ने जसले गर्दा
फार्मको खर्चनि घट्ने
-
बजारमा तरकारीको भाउपनि
उचित पाइने
-
गाई, भैसीको पिसाबको पनि
उचित व्यस्थापन
good going sujan.......
ReplyDelete